बैतडीका अवस्थी हत्या प्रकरणमा प्रहरीद्वारा थप दुई जना पक्राउ

अपहरणमा परेको बताउने बैतडीका शिक्षकले स्थानीयको हत्या गरी भागेको खुलासा
फाइल तस्बिर

बैतडी : बैतडीमा हत्या गरिएका डम्मर अवस्थी प्रकरणमा प्रहरीले थप दुइजना पक्राउ गरेको छ। सुर्नया गाउँपालिका ६ अवस्थीको हत्या आरोपमा उनीहरुलाइ बैतडी प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार शुक्रबार गाउँकै शिक्षक समेत रहेका रमाकान्त अवस्थी र गोपाल अवस्थीलाइ पक्राउ गरिएको हो। उनीहरुलाइ पक्राउ गरेर घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। परिवारले दिएको जाहेरीका आधारमा अवस्थीद्वयलाइ पक्राउ गरिएको हो। यसअघि डम्मरको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका हरिश अवस्थी र नवराज अवस्थीले हत्यामा संलग्न रहेको स्वीकार गरिसकेका छन्।

गत मंसिर १४ गते घरबाट हराएका डम्मरको शव घर नजिकैको जंगलमा पुस २८ गते फेला परेको थियो। उनको हत्या गरेर गुफामा शव गाडेको अवस्थामा फेला परेको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार