धनगढीको ब्राइट वे पब्लिक स्कूललाई अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार प्राप्त

धनगढीको ब्राइट वे पब्लिक स्कूललाई अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार प्राप्त

धनगढी : धनगढीको ब्राइट वे पब्लिक स्कूललाई अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार प्राप्त भएको छ । ब्रिटिश काउन्सिलद्वारा विभिन्न मापदण्डका आधारमा प्रदान गरिने ब्रिटिश काउन्सिल फाउन्डेसन अवार्ड धनगढीको ब्राइट वे पब्लिक स्कुलले पहिलोपटक पाएको हो ।

अन्तर्राष्ट्रियस्तरको सो पुरस्कारका लागि देशभरका करिब पचासभन्दा बढी विद्यालयले प्रतिस्पर्धा गरेका थिए । ब्राइट वे स्कुलले पहिलोपटककै सहभागितामा पुरस्कार पाएको जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त मूल्यांकनका आधारमा वितरण गरिने अन्तराष्ट्रिय पुरस्कार ब्राइट वे ले पाएको विद्यालयका प्रिन्सिपल कुबेर साउदले बताए ।

विद्यार्थीहरुले गरेका विभिन्न प्रोजेक्ट वर्ककाे उत्कृष्टताको आधारमा सो अवार्ड वितरण हुँदै आएको छ । सन् २०२०/२१ को अवधिमा विद्यार्थीहरुले गरेका विभिन्न क्रियाकलापको मूल्यांकन गरेर अवार्ड प्रदान गरिएको विद्यालयकी कार्यक्रम संयोजक इन्दिरा बोगटीले जानकारी दिइन् । यस अन्तर्गत विद्यार्थीहरुले भाषा तथा संस्कृतिको प्रस्तुति, डिजिटल साक्षरता, क्षमता विकास, सेमिनार र गोष्ठीमा सहभागिता लगायतका क्रियाकलाप गरेकाे उनले जानकारी दिइन् । कार्यक्रमबाट शिक्षकशिक्षिका सहित विद्यार्थीको क्षमता विकासमा ठूलो योगदान पुगेको उनको धारणा छ । सो विद्यालय धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५, हसनपुरमा रहेको छ । पुरस्कार प्राप्त भएको छ ।

ब्रिटिश काउन्सिलद्वारा विभिन्न मापदण्डका आधारमा प्रदान गरिने ब्रिटिश काउन्सिल फाउन्डेसन अवार्ड धनगढीको ब्राइट वे पब्लिक स्कुलले पहिलोपटक पाएको हो ।

अन्तर्राष्ट्रियस्तरको सो पुरस्कारका लागि देशभरका करिब पचासभन्दा बढी विद्यालयले प्रतिस्पर्धा गरेका थिए । ब्राइट वे स्कुलले पहिलोपटककै सहभागितामा पुरस्कार पाएको जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त मूल्यांकनका आधारमा वितरण गरिने अन्तराष्ट्रिय पुरस्कार ब्राइट वे ले पाएको विद्यालयका प्रिन्सिपल कुबेर साउदले बताए । विद्यार्थीहरुले गरेका विभिन्न प्रोजेक्ट वर्ककाे उत्कृष्टताको आधारमा सो अवार्ड वितरण हुँदै आएको छ ।

सन् २०२०/२१ को अवधिमा विद्यार्थीहरुले गरेका विभिन्न क्रियाकलापको मूल्यांकन गरेर अवार्ड प्रदान गरिएको विद्यालयकी कार्यक्रम संयोजक इन्दिरा बोगटीले जानकारी दिइन् । यस अन्तर्गत विद्यार्थीहरुले भाषा तथा संस्कृतिको प्रस्तुति, डिजिटल साक्षरता, क्षमता विकास, सेमिनार र गोष्ठीमा सहभागिता लगायतका क्रियाकलाप गरेकाे उनले जानकारी दिइन् । कार्यक्रमबाट शिक्षकशिक्षिका सहित विद्यार्थीको क्षमता विकासमा ठूलो योगदान पुगेको उनको धारणा छ । सो विद्यालय धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५, हसनपुरमा रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार