सिंहदरबार नजिक कालो बेलुन उडाएर विरोध

सिंहदरबार नजिक कालो बेलुन उडाएर विरोध

काठमाडौँ : नेकपा एमालेको भातृ संगठनले राष्ट्रिय युवा संघ नेपालले सिंहदरबार परिसर भित्रै कालो बेलुन उडाएको छ ।  स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै युवा संघले आइतबार सिंहदरबार परिसरमा कालो बेलुन उडाएको हो ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउन युवा संघले निषेधित क्षेत्र सिंहदरबार परिसरमा कालो बेलुन उडाएको युवा संघका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष दिनेश थापाले बताए ।

संघिय सरकारको मुख्य कार्यालय रहेको निषेघित क्षेत्रमा नै युवा संघका कार्यकर्ता विरोधमा उत्रिएपछि केहीलाई प्रहरीले नियन्त्रण लिएको छ । प्रहरीले युवा संघका केन्द्रीय सदस्यहरु गणेश थापा, जयराम लामा, अजित लामालगायतलाई सिंहदरबारबाट नियन्त्रणमा लिएको थापाले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार