पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिबारे छानबिन हुँदै

पेट्रोलियम पदार्थ

पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिको छानबिनका लागि सङ्घीय संसद्ले समिति गठन गरेको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले मूल्यवृद्धि छानबिनका लागि तीन सदस्यीय उपसमिति गठन गरेको हो ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरिएको सभापति निरादेवी जैरुले जानकारी दिइन् । उनले भनिन्, ‘निरन्तरको मूल्यवृद्धि मात्र विकल्प जस्तो भएको छ । सरकारले उपभोक्तालाई कसरी राहत दिनसक्छ ? मूल्यवृद्धिलाई नियन्त्रण गर्ने वैकल्पिक उपाय के हुनसक्छ ? भन्ने समेतको सुझाव दिनेगरी उपसमिति गठन भएको छ।’

उपसमितिमा खेमप्रसाद लोहनी र लक्ष्मी परियार सदस्य छन् । उपसमितिलाई मूल्यवृद्धिको वैकल्पिक व्यवस्था र सरकारले जनतालाई दिनसक्ने राहतको समेत अध्ययन र सिफारिसको क्षेत्राधिकार दिइएको छ । यसअघि पनि संसदीय समितिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विषयमा छानबिन समिति गठन भएका थिए । सार्वजनिक लेखा समितिले तत्कालीन सदस्य उषा गुरुङको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । -गोरखापत्र दैनिकमा खबर छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार