लागूऔषध सहित कैलालीमा तीनजना पक्राउ

लागूऔषध सहित कैलालीमा तीनजना पक्राउ

धनगढी : कैलालीमा लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । जिल्लाको भजनी नगरपालिका–६ महादेउलीबाट लागूऔषधसहित बर्दगोरिया गाउँपालिका– १ बस्ने २४ वर्षीय रोहित खडका, २० वर्षीय अन्जान डगौरा र २२ वर्षीय अर्जुन चौधरीलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट ५ ग्राम खैरो हिरोइन र से३प ९४० नम्बरको मोटरसाइल पनि बराम गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।

मोटरसाइकलको पछाडी सवार डंगौरालाई चेक जाचँ गर्दा ५ ग्राम खैरो हिरोईन फेला परेको हो । उनीमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार