फागुन २ गतेदेखि १४ गतेसम्म आयोजना हुने धनगढी मेयर एलपीएल-६ को ट्रफि सार्वजनिक

'धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग-६' को ट्रफि सार्वजनिक प्रतियोगिताको सवै तयारी पूरा

धनगढी : भोली फागुन २ गतेदेखि १४ गतेसम्म धनगढीमा आयोजना हुने धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ को आइतबार ट्रफि सार्वजनिक गरिएको छ ।

विद्यालय स्तरीय यु– १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल संचालन हुने धनगढीको संघिय प्रहरी इकाई कार्यालयको खेलमैदानमा आज धनगढी उप-महानगरपालिकाका प्रमुख नृप वडले ट्रफि सार्वजनिक गरेका हुन् ।

मेयर वडले ट्रफि सार्वजनिक गर्दै यस प्रतियोगिताले धनगढीलाई क्रिकेटको सहर बनाउन मद्धत पुग्ने विश्वास व्यक्त गरे । छैटौँ संस्करणको मुख्य प्रायोजक धनगढी उपमहानगरपालिका रहेको छ ।

प्रतियोगितामा काठमाडौं, कैलाली र कञ्चनपुरका गरी १० वटा बिद्यालयको सहभागी रहने प्रतियोगिताको सवै तयारी पुरा भएको आयोजक लिटल फ्लावर स्पोर्टस् एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।

प्रतियोगिताको विजेतालाई १ लाख ५० हजार र उपविजेतालाई ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए ।

प्रतियोगिता सञ्चालनको तयारी अन्तिम चरणमा चलिरहेको भन्दै उनले मैदान निर्माणको काम सम्पन्न हुने तयारीमा रहेको बताए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदयमान खेलाडीलाई १०÷१० हजार प्रदान गरिनले शाहीले जानकारी दिए ।

प्लेयर अफ द म्याचका साथै आसन्न संस्करणबाट प्रत्येक खेललाई थप रोमाञ्चक बनाउन गेम चेन्जर अवार्ड र सर्वोत्कृष्ट छक्का प्रहारको अवार्ड समेत थप गरिएको आयोजकले जनाएको छ ।

भोलि हुने उद्घाटन खेलमा पाँचौँ संस्करणको उप–विजेता तथा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया भिड्ने छन् ।

'धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग-६' को ट्रफि सार्वजनिक प्रतियोगिताको सवै तयारी पूरा

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार