धनगढीमा पिस ल्याण्ड रिसोट संचालनमा आउँदै

धनगढीमा पिस ल्याण्ड रिसोट संचालनमा आउँदै

धनगढी : धनगढी उप-महानगरपालिका वडा नम्बर ३ मा ११ करोडको लगानीमा सुविधा सम्पन पिस ल्याण्ड रिसोट संचालनमा आउँने भएको छ ।

एउटै छानामुनी सवै सुविधा सहित अब ५ महिना पछि रिसोट संञ्चालनमा आउँने गरी आज रिसोटको एक कार्यक्रमका विच धनगढी उप-महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बल बहादुर एैरले सिलान्यास गरेका छन् ।

पिस ल्याण्ड होटलका संञ्चालक कविन्द्र एैरले फिस रिसोट भन्दा दुई सय मिटर टाढाँ लज सहितको रिसोट अबको ५ महिनामा संञ्चालनमा आउँने गरी आज देखि काम शुरु भएको बताए ।

उनले रिसोटमा एसी रुम सहित बार, साईकिलिङ, स्वीमिङ पुल, बैठक हल, टिकटक स्पोट पनि निर्माण गरिने जानकारी दिए । एैरले रिसाटमा समय समयमा विभिन्न सांस्कृतिक कार्यक्रमको पनि आयोजना गर्ने गरी तयारी भईरहेको बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार