पत्रकारलाई स्वास्थ्य परीक्षणमा छुट दिने गरी दुई ‘हरि’ ले गरे सम्झौता पत्रमा हस्ताक्षर

पत्रकारलाई स्वास्थ्य परीक्षणमा छुट दिने गरी दुई 'हरि' ले गरे सम्झौता पत्रमा हस्ताक्षर

धनगढी : नेपाल पत्रकार पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश र धनगढीको नेशनल प्याथल्याव बिच पत्रकारलाई स्वास्थ्य परीक्षणमा छुट दिने सम्झौता भएको छ । मङ्गलवार पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश सचिव हरि जोशी र ल्याबका प्रबन्धक हरि सिंह धामीबिच पत्रकार र पत्रकारका परिवारलाई स्वास्थ्य परीक्षणमा छुट दिने सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार पत्रकार, सञ्चार गृहमा कार्यरत कर्मचारी र पत्रकारका परिवारलाई ल्याबले प्रदान गर्ने सेवा, स्वास्थ्य परीक्षण तथा सुविधामा ३० प्रतिशत छुट दिइने भएको छ।

उक्त छुट पाउन पत्रकार महासङ्घको सिफारिस र परिचय पत्र अनिवार्य लग्नुपर्ने बताइएको छ । नियमित स्वास्थ्य परीक्षण गराउँदा विभिन्न रोगबाट बच्न सकिने हुँदा पत्रकार र उनका परिवारको हितका लागि यो सम्झौता गरिएको सचिव जोशीले बताए ।

पत्रकारका दैनिक क्रियाकलाप, खानपिन, रहनसहन, शारीरिक तथा मानसिक स्थितिले स्वास्थ्यमा धेरै प्रभाव पर्ने गर्दछ । कसैलाई भित्रभित्रै पत्थरको समस्या, फोक्सो र कलेजोको समस्या हुने तर लक्षण ढिलो देखिने प्याथ ल्याबका प्रबन्धक धामीले बताए । त्यस कारण नियमित स्वास्थ्य परीक्षण गराउँदा समयमै विभिन्न रोगहरू पत्ता लगाउन सकिने भएकाले यो सम्झौता गरिएको उनले बताए ।

यो सम्झौतापछि पत्रकार र पत्रकारका परिवार लगायतका सदस्य गरी प्रत्यक्षता करिब २० हजार बढी यो सहुलियतबाट लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ ।

नेपाल पत्रकार पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश र धनगढीको नेशनल प्याथल्याव बिच पत्रकारलाई स्वास्थ्य परीक्षणमा छुट दिने सम्झौता भएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार