कैलालीको अत्तरियामा सुरु सुदूरपश्चिम प्रादेशिक महोत्सवको पर्यटन मन्त्री आलेद्वारा उद्घाटन

कैलालीको अत्तरियामा सुदूरपश्चिम प्रादेशिक महोत्सवको पर्यटन मन्त्री आलेद्वारा उद्घाटन

अत्तरिया : अत्तरियामा आजवाट महोत्सव सुरु भएको छ  । सम्बृद्ध प्रदेशको आधार कृषि , पर्यटन र ब्यापार भन्ने मुल नाराका साथ आजवाट छैठो संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु भएको हो ।

अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा भैरहेको महोत्सव २५ गतेसम्म संचालन हुनेछ ।  महोत्सबको केही बेर अघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उदघाटन गरेका छन ।

लामीताल परिसरमा संचालन भइरहेको महोत्सब उद्धघाटन अघि बिभिन्न किसिमका संस्कृतिहरु झल्कने झाकीँ ,बजागाजाहरु, लगायत यहाँका संघसंस्थाहरुको  सहभागितामा  अत्तरिया बजारमा ञ्याली निकालिने थियो ।

महोत्सब उदघाटन समारोहमा मन्त्री आले संगै सुदुरपश्चिम प्रदेशका बन बाताबरण तथा पर्यटन मन्त्री मान बहादुर धामी , भौतिक पूर्बाधार राज्यमन्त्री चुनुकुमारी चौधरी को पनि सहभागिता रहेको छ । यस्तै महोत्सबमा यस क्षेत्रका राजनितिक दलहरुका प्रतिनिधी, स्थानिय जनप्रतिनिधी र संघ संस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको छ ।

महोत्सवमा सर्बसाधारणहरुलाई ५० र बिद्यार्धीहरुलाई ४० रुपैया टिकट दर तोकिएको छ भने शारिरिक रुपमा अपांगता भएका ब्यक्ति र जेष्ठ नागरिकहरुलाई परिचयपत्रका आधारमा निःशुल्क प्रबेशको व्यबस्था मिलाएको उधोग वाणिज्य संघले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार