धनगढीमा सञ्चालनमा आयो वी किड्स प्रि स्कुल

धनगढीमा सञ्चालनमा आयो वी किड्स प्रि स्कुल

धनगढी : धनगढीमा  बाल वातावरण मैत्री सामग्री तथा सुविधा भएको प्रि स्कुल सञ्चालनमा आएको छ । धनगढी उप महानगरपालिका वडा नम्बर २ मेनरोड बर्गर हाउस पछाडी डेढ करोडको लागतमा वी किड्स प्रि स्कुल सञ्चालनमा आएको हो ।

साना बालबालिकाहरूलाई खेल्दै सिकाउँदै व्यवहारिक ज्ञानको माध्यमबाट उनीहरूको शारीरिक,मानसिक र कलाको विकास गराउँदै पढ्न र लेख्नका लागी जागरूक बनाउने किसिमको पाठ्यक्रममा आधारित वी किड्स प्रि स्कुल सञ्चालन भएको हो ।

विद्यार्थी केन्द्रित सिकाइमा एउटा खम्बा थप्ने उद्देश्यले वी किड्सलाई धनगढीमा भित्र्याएको स्कुलका सञ्चालक दिराज ओझाले बताए । ब्रिटिस स्कुलको पाठ्यक्रममा आधारित सो स्कुल वी किड्स काठमाडौँ सँगैको सम्बद्धतामा सञ्चालन भएको हो ।

दक्ष जनशक्तिबाट बालबालिका मैत्रीपूर्ण प्रयोगात्मक र सिपमूलक शैक्षिक वातावरणमा पठन पाठन गराइने यस स्कुलमा डेढ वर्षदेखि ६ वर्षसम्मका बालबालिकाहरूका लागी लक्षित गरिएको सञ्चालक ओझाले बताए ।

बालबालिकाको समग्र विकास र उनीहरूको मानसिक शारीरिक स्वास्थ्यको बारेमा सचेत मध्यबर्गिय परिवार लक्षित गरी स्कुल खोलिएको जनाइएको छ । स्कुलमा बालबालिकाको उमेर अनुसार उपयुक्त पूर्वाधार, दक्ष जनशक्तिका साथै वेवी स्विमिङ पुल, मन्टेश्वरी ल्याब, पुस्तकालय, प्रयास खेल तथा शैक्षिक सामग्री, खेलमैदानको व्यवस्था रहेको र आवश्यकता अनुसार पूर्वाधार थपिने स्कुल प्रशासनले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार