राखेपका कार्यकारी सदस्य सचिव कुँवरद्वारा खेलकुदका सामाग्री हस्तान्तरण

राखेपका कार्यकारी सदस्य सचिव कुँवरद्वारा खेलकुदका सामाग्री हस्तान्तरण

धनगढी : राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य सचिव तथा एनआरएनए स्पोर्टस एकेडेमीका सल्लाहकार एकेन्द्र कुँवरले व्यक्तिगत सहयोगमा खेलकुदका सामाग्री सहयोग हस्तान्तरण गरेका छन् ।

सोमबार धनगढीमा राखेपका कार्यकारी सदस्य सचिव कुवरले खप्तड गोल्ड कप र फार्वष्ट पशुपति युवा कपलाई खेलकुदका सामाग्री सहयोग गरेका हुन् ।

खेल प्रेमी समेत रहेका राखेपका कार्यकारी सदस्य सचिव कुवरले खेल क्षेत्रमा युवालाई प्रेरित गर्न उद्देश्यले खप्तड गोल्ड कपलाई १५ थान फुटबल, ३ थान नेट,१५ थान झण्डा, ६० वटा कक्स र डिजिटल बोर्ड सहयोग हस्तान्तरण गरेका छन् ।

यस्तै फारवेष्ट पशुपति कपलाई १२ थान फुटबल, ३ थान नेट र डिजिटल बोर्ड सहयोग गरिएको राखेपका कार्यकारी सदस्य सचिव कुवरले जानकारी दिए ।

खेलाडीहरूलाई खेल प्रशिक्षण गर्न खेल सामाग्रीको अभाव नहोस् भन्दै आफ्नो व्यक्तिगत खर्चमा क्लबहरूलाई खेल सामाग्री सहयोग गरेको उनले बताए । भोलि खेल क्षेत्रमा भए या नभए पनि खेलकुद क्षेत्रमा व्यक्तिगत रुपम सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यस्तै आफूले राखेपबाट खप्तड गोल्ड कपलाई १० लाख र फारवेष्ट पशुपति कपलाई ३ लाख रकम उपलब्ध गराउने निर्णय गराएको उनले जानकारी दिए ।

No description available.

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार