कैलालीमा एक प्रहरी जवानद्वारा आत्महत्याको प्रयास

कैलालीमा एक प्रहरी जवानद्वारा आत्महत्याको प्रयास

धनगढी : कैलालीमा एक जना प्रहरी जवानले आफैमाथि गोली प्रहार गरेका छन् ।

प्रहरी चौकी कालाकुण्डामा कार्यरत प्रहरी जवान झंकर बोहराले ड्युटीमा रहेका बेला शनिबार राति आफैंमाथि गोली चलाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

डिउटीमै रहेका बेला उनले रातको करिव १ बजेको समयमा आफैले आफैमाथि बन्दुक ताकेको बताइएको छ । उनको चिउडोमा गोली लागेर घाइते भएका छन् ।

उनलाई उपचारका लागि प्रहरी अस्पताल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । उनी खतरामुक्त रहेको बताइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार