तराई र चुरे क्षेत्रमा गर्मी धेरै, गर्मीबाट जोगिन मौसमविद्को सुझाव

हल्का हिमपातको अनुमान

मौसम सफा

काठमाण्डाै : देशभर गर्मी बढ्दो छ । पहाडी जिल्लाको तुलनामा अहिले विशेषगरी तराई र चुरे क्षेत्रमा गर्मी धेरै हुन थालेकाले गर्मीबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

चुरे र तराईका जिल्लामा अधिकतम तापक्रम ३० देखि ३१ डिग्री सेल्सियससम्म पुगिसकेको छ । दीपायल, नेपालगञ्ज, विराटनगर, भैरहवा, धरान, जनकपुर लगायत क्षेत्रमा तापक्रम बढ्दो छ ।

गर्मी महिना भर्खरै सुरु भएकाले  यी क्षेत्रसहित देशभर नै अब तापक्रम बढ्दै जानेछ । गर्मीबाट बच्न दिउँसाेको टन्टलापुर घाममा नहिँड्न र प्रशस्त पानी पिउन स्वास्थ्य विज्ञले सुझाव दिने गरेका छन् ।

यस्तै, आज पहाडी क्षेत्रको मौसम भने आंशिक बद्ली हुने सम्भावना छ । यस्तै, सुदूरपश्चि र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको अनुमान गरिएको मौसमविद्ले बताएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार