धनगढीमा ट्रकको ठक्करबाट घाइते किशोरीको उपचारका क्रममा मृत्यु

धनगढीमा ट्रकको ठक्करबाट घाइते किशोरीको उपचारका क्रममा मृत्यु
तस्बिर : रितिका गुरुङ

धनगढी : कैलालीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिकास्थित धनगढी–अत्तरिया ६ लेन सडकमा बा २ ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा १६ वर्षीया किशोरी स्वस्तीका कुँवरको मृत्यु भएको हो ।

त्रिभुवन माविमा अध्ययनरत ती किशोरीलाई विद्यालयबाट घर फर्कने क्रममा ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

उनको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक गोदावरी ४ बस्ने गणेश लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार