बैतडीको शिवनाथ गाउँपालिका उपाध्यक्ष चन्दलाई एमालेले गर्यो कारबाही

बैतडीको शिवनाथ गाउँपालिका उपाध्यक्ष चन्दलाई एमालेले गर्यो कारबाही

बैतडी : बैतडीको शिवनाथ गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दलाई नेकपा एमालेले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।  २०७४ सालको निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हित विपरीत काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो।

यस्तै राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेद्वारलाई भोट नदिएकोले चन्दमाथि कारवाही गरिएको विज्ञप्तीमा उल्लेख छ। एमालेले आज एक प्रेस विज्ञप्ती जारी गर्दै चन्दले पार्टीको हित विपरीत काम गरेको, स्पष्टीकरण सोध्दा समेत नदिएको, राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेद्वारलाई भोट नदिएकोले चन्दमाथि कारवाही गरिएको जनाएको छ ।

यस्तै चन्दले पार्टीलाई बुझाउनुपर्ने लेबी समेत नबुझाएकोले पार्टी विधान अनुसार कारवाही गरेको एमालेले जनाएको छ । यही फागुन ३ गते बसेको जिल्ला कमिटिको बैठकले पनि लिखित स्पष्टिकरण सोध्दा समेत चन्दले बेवास्ता गरेकाले पार्टीबाट निष्कासन गरेको एमाले बैतडीका प्रचार बिभाग प्रमुख लोक बहादुर भण्डारीले बताए । एमालेबाट निर्वाचित उपाध्यक्ष चन्द कांग्रेसमा प्रवेश गर्ने चर्चा चलिरहेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार