मुस्लिम आयोग द्वारा शिक्षा मंत्री मार्फत ध्यानाकर्षण

मुस्लिम आयोग द्वारा शिक्षा मंत्री मार्फत ध्यानाकर्षण

कपिलवस्तु : मुस्लिम आयोगका अध्यक्ष समिम मियां अन्सारी , मुस्लिम आयोगका सदस्य मिर्जा अरशद बेग, महमदिन अली लगायतले लुम्बिनी प्रदेशका शिक्षा विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँ संग भेटघाट गरेका छन् l

उक्त भेटघाटमा लुम्बिनी प्रदेश मदरसाको स्थित, मुस्लिम समुदायको शिक्षामा पहुँच, मुस्लिम समुदायको प्रदेशमा अवस्था कस्तो छ, मुस्लिम समुदायको उत्थान र विकासमा समान्वय कसरी गरेर अगाडि बढ्ने, मुस्लिम समुदायको शिक्षाको अवस्था लगायत बिषयमा शिक्षा मंत्री संग वृहत क्षलफल गरि ध्यानाकर्षण गराइएको छ l

लुम्बिनी प्रदेशका शिक्षा विज्ञान युवा तथा खेलकूद मंत्री वसीउद्दीन खाँले मुस्लिम आयोगका पदाधिकारी लाई स्वागत गर्दै आफूले मदरसाहरूमा बजेट छुट्याएको र मुस्लिम आयोगका पदाधिकारी हरूले ध्यानाकर्षण गराएको बिषयमा आफू बाट हुन सक्ने हरेक सम्भव प्रयास गर्ने समेत प्रतिबद्धता जनाउनु भएको जानकारी गराइएको छ l

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार