धनगढी उप-महानगरपालिका २ र ३ को वर्षौँदेखि डुबान समस्या हटाउन प्लास्टिक ढल पाइप विस्तार गरिँदै

धनगढी उप(महानगरपालिका २ र ३ को वर्षौँदेखि डुबान समस्या हटाउन प्लास्टिक ढल पाइप विस्तार गरिँदै

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर २ र ३ बासीको वर्षौँदेखि डुबान समस्या हटाउन प्लाष्टिक ढल पाइप विस्तार भइरहेको छ। स्थानीयले वर्षौदेखि डुबानको समस्या झेल्दै आइरहेकोमा सोही समस्या हटाउन उपमहानगरले उच्च स्तरको ढल प्लाष्टिक पाइप बिच्छ्याइरहेको हो

डुबानको समस्या झेल्दै आइरहेका वडा बासीलाई राहत हुने भएको छ।धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड र उपमेयर सुशील मिश्र भट्टले आज (बिहीवार)पानी निकासका लागि उच्च स्तरको ढल प्लास्टिक पाइप बिछ्याउने कामको शिलान्यास गरेका छन् ।शिलान्यास गर्दै मेयर वडले वर्षौँदेखि डुबानको समस्या झेल्दै आइरहेका २ र ३ वडा बासीलाई डुबानबाट छुटकारा मिल्ने बताए ।

उनले आफू मेयरमा निर्वाचित भएपछि डुबानको समस्या समाधान गर्ने प्रतिबद्धता गरे अनुरूप अहिले उक्त काम भइरहेको बताए। स्थानीय बासीलाई नै उक्त काम गर्न दिएको बताउँदै मेयर वडले स्थानीय उपभोक्ता समिति मार्फत काम गर्दा समयमै काम सम्पन्न हुने कुरामा आफू ढुक्क रहेको बताए । स्थानीय अजब बहादुर शाही र मैना बोहराले वर्षौँदेखि आफूहरूले डुबानको समस्या झेल्दै आइरहेको बताएका छन् ।उनीहरूले डुबानको समस्याको बारेमा आन्दोलन समेत गरेको बताउँदै अहिले ढल प्लास्टिक पाइप निर्माणले डुबानको समस्या अन्त्य हुने भन्दै खुसी व्यक्त गरे।

उपमहानगरपालिकाको करिब २ करोड ७० लाख र उपभोक्ताको करिब ५ लाख रुपैयाँको श्रमदान सहित २ करोड ७५ लाख रुपैयाँको लागतमा १ हजार २ सय मिटर लामो ढल प्लास्टिक पाइपको काम उपभोक्ता समितिले वैशाख मसान्तसम्म सक्ने गरी सम्झौता भएको उपमहानगरपालिकाका डिभिजन इन्जिनियर दीजराज भट्टले बताए। उनले मोहना-अत्तरिया ६ लेन सडकको वडा नम्बर ३ तर्फबाट उक्त नाली मोहना नदीमा लगेर मिसाइने बताए । ढल प्लास्टिक पाइप एकदमै बलियो हुने बताउँदै इन्जिनियर भट्टले लोड ट्रक समेत गुड्दा केही फरक नपर्ने जानकारी दिएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार