होलीमा धनगढी यसरी रमायो रङ्ग सँग, हेरौँ २० तस्बिरमा… (फोटो समाचार)

होलीमा कैलाली

धनगढी। कैलालीको धनगढीमा बिहिबार देखी ‘होली हङ्गामा’ कार्यक्रम जारी छ । धनगढी उप–महानगरपालिकाको कार्यालय सँगै रहेको पार्कमा होली पर्वको अवसरमा हिजो र आज  (४ गते) ‘होली हङ्गामा’ कार्यक्रम भइरहेको छ ।

धनगढीको रक स्टार मिडियाले आयोजना गरेको ‘होली हङ्गामा’ कार्यक्रममा धनगढीका स्थानीय कलाकारहरूको प्रस्तुति रहेको आयोजक जितेन्द्र रावलले जानकारी दिए ।

होलीमा कैलाली

यस्तै, धीर विक्रम सिंह र डिजे कल्पित हमालको प्रस्तुति थियो। स्थानीय कलाकारहरूको प्रस्तुतिमा दर्शकहरुलाई नाचगानसँगै मनोरञ्जन प्रदान गरिएको छ । होली हङ्गामा’ कार्यक्रम भोली पनी जारी रहने आयोजकले जानकारी दिएको छ। आज पनि विभिन्न कलाकारहरुले कला प्रस्तुत गर्ने छन् । केही दाहोरीने छन् । भने केही नयाँ पनि आउँने छन् ।

होलीमा कैलाली

त्यस्तै, कार्यक्रममा सहभागी हुन अथवा अवलोकन गर्न १०० र १५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ। भने १५० रुपैयाँको टिकटको खरिदमा लक्की ड्र मार्फत एक जना विजेतालाई ३५ हजार मूल्य बराबरको मोबाइल सेट प्रदान गरिने आयोजक मनोज जेठाराले जानकारी दिए । ‘होली हङ्गामा’ कार्यक्रम ब्यारोनको मुख्य प्रायोजन रहेको छ भने सह प्रायोजकमा हिमालयन बोररी रहने छ ।

होलीमा कैलाली

होलीमा कैलाली

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार