कैलाली प्रहरी एक्सनमा, धनगढीमा यौन धन्दामा संलग्न थप २ होटल व्यवसायी र ५ युवती पक्राउ

कैलाली प्रहरी एक्सनमा, धनगढीमा यौन धन्दा सञ्चालन गर्ने थप २ होटल व्यवसायी र संलग्न ५ युवती पक्राउ
साङ्केतिक तस्बिर

धनगढी : कैलालीस्थित धनगढी बजारमा यौन धन्दा सञ्चालन गर्ने होटलहरुमा प्रहरीले शनिबार पनि छापा मारेको छ ।

शनिबार विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटि गएको प्रहरी टोलीले होटलहरुमा छापा मारेको हो ।

छापा मार्दा यौन धन्दा सञ्चालन गर्ने थप दुई होटल व्यवसायी र संलग्न पाँच युवती पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित रहेको फुडल्याण्ड होटल, लक्ष्मी होटलमा छापा मारिएको थियो ।

उनीहरुमाथि जिल्ला प्रहरी कार्यालय कैलालीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि गत बिहीबार पनि यौन धन्दा सञ्चालन गर्ने ४ होटल व्यवसायी र संलग्न ९ युवती पक्राउ पक्राउ परेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार