धनगढीमा हुने ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ को सम्पूर्ण तयारी पूरा

धनगढीमा हुने ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ को सम्पूर्ण तयारी पूरा

धनगढी : धनगढीमा सोमबारदेखि सुरु हुने ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले धनगढीमा शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

यस्तै ट्रफी र खेल तालिका पनि सार्वजनिक गरिएको छ । परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले १२ गतेसम्म सञ्चालन हुने राष्ट्रिय भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहने उनले बताए ।प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने पत्रकार सम्मेलनमा सदस्य सचिव सिंहले जानकारी दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिने सिंहले बताए ।

प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद एक हजार पाँच सय नगदसहित पुरस्कृत गरिनेछ । प्रतियोगिताको उद्धघाटन खेलमा लुम्बिनी प्रदेश र विभागिय टोली त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार