अपाङ्गता भएका व्यक्तिहरुका लागी समयमै आवश्यक योजना तथा कार्यक्रम माग गर्न आग्रह

अपाङ्गता समावेशी स्वास्थ्य र पुनर्स्थापना विषयक अन्तरक्रिया सम्पन्न

अपाङ्गता भएका व्यक्तिहरुका लागी समयमै आवश्यक योजना तथा कार्यक्रम माग गर्न आग्रह

धनगढी : धनगढीमा अपाङ्गता समावेशी स्वास्थ्य र पुनर्स्थापना विषयक अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । मंगलबार राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरूले एकजुट भएर बजेट तर्जुमा हुनु पुर्व अपाङ्गता भएका व्यक्तिहरूका समस्या, चुनौती एवम् तिनको निदानमा टेवा पुग्ने खालका कार्यक्रमहरू तयार पारी विषयगत मन्त्रालय तथा सम्बन्धित निकायहरूमा ड्राफ्ट पेस गर्नु पर्ने बताएका छन् ।

९४ प्रतिशत मध्ये ३६.३ प्रतिशत शारीरिक अपाङ्गता, दृष्टिबिहिन र न्युनदृष्टिबिहिन दुवै भएका १८.५ प्रतिशत, बहिरा,सुन्न नसक्ने १५, ४, बोलमिा समीया ११.५, बहु अपाङ्गता ७.५, मानसिक अपाङ्गता ६, बौद्धिक अपाङ्गता २.९, दृष्टिबिहिन १९८ प्रतिशत नागरिक रहेकोमा चिकित्सा पुनर्स्थापना ८३.८, सहायक उपकरण ७२.५, स्वास्थ्य सेवा २९.२ र स्वास्थ्य जनाकारी प्राप्त गर्ने व्यक्ति ६४.८ प्रतिशतले मात्रै अपाङ्गता भएका व्यक्तिहरूले मात्रै उल्लेखित सेवा प्राप्त गरिरहेका छन् ।

देश संघियतमा गइसकेपश्चात् प्रदेश र स्थानीय सरकारहरू ले अपाङ्गता भएका व्यक्तिहरू को सवालमा अझै सशक्त ढंगले लाग्नु पर्ने उनीहरूको माग रहेको छ ।

अन्तरक्रिया कार्यक्रममा सहभागी सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नरेन्द्र सिंह कार्कीले अपाङ्गता भएका व्यक्तिहरूका सवालमा काम गर्ने सम्पूर्ण संघ संस्था तथा विशेष गरी अपाङ्ग महासंघले नेतृत्व गर्ने गरी सरकारले बजेट तथा योजना तर्जुमा गर्नु अगावै अपाङ्गता भएका व्यक्तिहरू का लागी आवश्य कार्यक्रमहरू, बजेट बारे बुँदागत रूपमा सम्बन्धित मन्त्रालयहरूमा पेस गर्न आग्रह गरेका छन् । सो कार्य गरेमा सामाजिक विकास मन्त्रालय तथा अन्य मन्त्रालयहरू बाट सत प्रतिशत नभए पनि सक्दो सहयोग गर्ने बताए । यद्धपी मौखिक रूपमा र विभिन्न संस्थाहरूका फरक फरक मागहरू भएमा छनौट गर्न समस्या हुने, आवश्यकता अनुसारका शीर्षकहरूमा बजेट नपर्ने र सो बाट अर्थपूर्ण नतिजा न आउने हुँदा सबै सँग संवाद, छलफल गर्दै लिखित रूपमा नै अपाङ्गता भएका व्यक्तिहरूको दैनिकी लाई सहज पुर्योउने खालका कामहरू अगाडी सारे केही हद सम्म भए पनि प्रदेश सरकारले पुरा गर्ने कार्कीको भनाई थियो ।

यस्तै, कार्यक्रममा सहभागी राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशका पूर्व अध्यक्ष भीम बहादुर शाहले यो भन्दा पहिले पनि अपाङ्गता भएका व्यक्तिहरूका सवालमा सबै एक जुट नहुँदा चाहे जति उपलब्धि हात पार्न नसकीको बताउँदै सबैले मिलेर समयमै आफ्ना मागहरू विषयगत मन्त्रालयमा पेस गर्न सहयोगी भूमिका खेल्ने बताउनु भएको छ । शाहले अपाङ्गता भएका व्यक्तिहरू अपाङ्ग नै भएको बताउँदै फरक क्षमता भएका व्यक्ति भन्न नमिल्ने समेत बताए ।

यस्तै, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय सदस्य रुपा राईले कार्यक्रममा सहभागी हुने सबैलाई धन्यवाद दिँदै अपाङ्गता भएका व्यक्तिहरू का समस्या समाधान गर्न असार भित्रै आफ्ना माग, सल्लाह सुझाव हित लिखित रूपमै पेस गर्न लागी पर्ने बताइन् ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पुर् वाधा र मन्त्रालयका राज्य मन्त्री चुनकुमारी चौधरीले प्रदेश सरकार सधैँ अशाहय, गरिब, अपाङ्गता भएका व्यक्तिहरूका समस्या समाधान गर्न लागी परेको बताइन् । अपाङ्गता भएका व्यक्तिहरू सँग कुराकानी गर्न र उनीहरूका समस्या सुन्न भौतिक पुर्वाधारहरुको अभावकै कारण समस्या न-खेपुन् भनेर आफ्ले मन्त्रालयको कार्य कक्ष समेत ग्राउन्ड फ्लोरकै सेवा प्रवाह गरिरहेको चौधरीको दाबी थियो ।

यस्तै, सुदूरपश्चिम प्रदेश सरकार समाजिम विकास मन्त्रालय अन्तरगतको राज्यमन्त्री मना कुमारी साउँदले अपाङ्गता भएका व्यक्तिहरू को लागी प्रदेश सरकारले आवश्यकका कारबाही अगाडी बढाएको बताउँदै अझ महासङ समन्वय गरेर अन्य कार्यक्रमहरू पनि ल्याउने र सधैँ जन पक्षीय काम गर्नु का साथै विशेष गरी अपाङ्गता भएका व्यक्तिहरू लाई र त्यसको माग संबोधन गर्न तयार रहेको प्रतिबद्धता जाहेर गरिन् ।

सो अन्तरक्रिया कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको अवस्था बारे निता विष्टले प्रस्तुतीकरण गरेकी थिइन । भने कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशका पूर्व अध्यक्ष भीम बहादुर शाह, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय सदस्य रुपा राई, सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नरेन्द्र सिंह कार्की, राज्य मन्त्री चुनकुमारी चौधरी, राज्यमन्त्री मना कुमारी साउँदका साथै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरू तथा विभिन्न निकायका सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार