चिकेन स्टेसन बुद्ध चोकले भित्र्यायो धनगढिमै पहिलो पटक नयाँ वर्षमा भारी छुट सहित खानाका परिकार

खाना तथा पेय पदार्थमा ४० देखि ५० प्रतिशत छुट दिइने

चिकेन स्टेसन बुद्ध चोकले भित्र्यायो धनगढिमै पहिलो पटक नयाँ वर्षमा भारी छुट सहित खानाका परिकार

धनगढी : नयाँ वर्षको अवसरमा चिकेन स्टेसन बुद्ध चोकले खाना तथा पेय पदार्थमा भारी छुट दिने जनाएको छ। मंगलबारदेखि लागू हुने उक्त छुटको स्किममा विभिन्न खानाका परिकार तथा पेय पदार्थमा दिने सञ्चालक मदन भट्टले बताए। धनगढीको क्याम्पस रोडमा रहेको चिकेन स्टेसनको शाखामा विभिन्न नयाँ परिकार पस्किने योजनासमेत रहेको उनले बताए।

नियमित ग्राहकलाई निःशुल्क प्रिभिलेज कार्ड दिने तथा खाना तथा पेय पदार्थमा छुटका साथै विद्यार्थीलाई ध्यानमा राखेर एक सयदेखि दुई सयसम्म मूल्य पर्ने खाना तथा नास्ताका विभिन्न परिकार तयार गरिने जनाइएको छ।

चिकेन स्टेसन क्याम्पस रोड शाखामा पापड रोल, मुस्ताङी आलु, ससेज, चिकेन विङ्स, चिकेन चिजा, कन्डक्ट, बटर चिकेनपुरी, प्लाटो मःम, पोट्याटो चिज रोल जस्ता खानाका नयाँ परिकार उपलब्ध रहेको र न्यूनतम मुल्यमा यी परिकारको स्वाद लिन पाइने सञ्चालक मदन भट्टले बताए। विभिन्न खाना तथा पेय पदार्थमा ४० देखि ५० प्रतिशत छुट दिइने बताइएको छ।

यस्तै क्याम्पस रोड शाखामा नयाँ वर्षको अवसरमा ग्राहक वर्गलाई विषेश छुटको योजना समेत रहेको बताइएको छ। विभिन्न पेय पदार्थ र खानाका परिकारमा साविकको मूल्यभन्दा कम मुल्य तिर्नुपर्ने छुटको योजना ल्याइएको भट्टले बताए।

नयाँ वर्षको अवसरमा विभिन्न पेय पदार्थमा छुट दिने, चिकेन वर्गर ९९ र चिकेन पिज्जा ३५० मा उपलब्ध गराउने चिकेन स्टेसनका सञ्चालक भट्टले जनाए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार