तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८ लाई काठमाडौँको मास ह्युमन रिर्सोसेजको साथ

तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८ : बर्ष पुरुष खेलाडीलाई काठमाण्डौंको मास ह्युमन रिर्सोसेजको साथ

धनगढी : ‘तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई काठमाण्डौंको मास ह्युमन रिर्सोसेजले प्रायोजन गरेको छ । काठमाण्डौंको सामाखुसीमा रहेको मास ह्युमन रिर्सोसेजले अवार्डको बर्ष पुरुष खेलाडी विधालाई प्रायोजन गरेको हो ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने अवार्डमा मास ह्युमन रिर्सोसेज जोडिएको हो । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझा र मास ह्युमन रिर्सोसेजका अध्यक्ष एकेन्द्र कुँवर बीच प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कुँवर राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी बोर्ड सदस्य रहेका छन् । उनी विभिन्न संघ संस्थामा पनि आवद्ध रहदै आएका छन् ।

लामो समयदेखि खेलकुद क्षेत्रमा आबद्ध रहदै आएकोमा आफ्नै क्षेत्रमा हुने अवार्डमा सहभागी हुन पाउँदा निकै खुशी लागेको कुँवरले बताए । उनले आगामी दिनमा पनि अवार्डलाई साथ दिने प्रतिबद्धता जनाए ।

अवार्डको तेस्रो संस्करणको तयारी सुरु भएको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।

यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । ‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रबद्र्धक्कमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार