घर लिपपोत गर्न माटो खन्ने क्रममा खाडलमा पुरिएर अछाममा एक महिलाको मृत्यु

बालिका मृत अवस्थामा फेला
प्रतिकारात्मक तस्बिर

धनगढी : अछाममा माटो खन्ने क्रममा पुरिएर एक महिलाको मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका-७ जैशीगाँउकी २६ वर्षीया धनसरा जैशीको मृत्यु भएको बताइएको छ।

घर लिपपोत गर्न माटो खन्ने क्रममा खाडलमा पुरिएर उनको मृत्यु भएको स्थानीय विष्णुबहादुर खड्काले बताए।

त्यस्तै, जाल्पादेवी सामुदायिक वन क्षेत्रमा पर्ने उक्त ठाँउमा सोही गाँउकी १४ वर्षीया चन्द्रा जैशी पनि गम्भीर घाईते भएकी छन्। माटो खन्ने क्रममा च्यापिएर घाईते भएकी उनको जिल्ला अस्पताल मंगलसेनमा उपचार भईरहेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार