नेपाल दलित मानव अधिकार एकता मञ्च नेपालको नगर सभा तथा स्वागत कार्यक्रम सम्पन्न (भिडियो)

नेपाल दलित मानव अधिकार एकता मञ्च नेपालको नगर सभा तथा स्वागत कार्यक्रम सम्पन्न

धनगढी : नेपाल दलित मानव अधिकार एकता मञ्च नेपालको नगर सभा तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । नेपाल दलित मानव अधिकार एकता मञ्चले धनगढी उप-महानगरपालिका भित्रका १९ ओटै वडाहरूमा समिति गठन गरेपछि आज पहिलो नगर सभा गरेको हो ।

दलित समुदायको हकहित र अधिकार रक्षाको लागि काम गर्दै आइरहेको संस्थाका संस्थापक अध्यक्ष दीपक सुनारले बताउनुभएको छ । छुवाछुत र विभेद अन्य गर्न सामाजिक आर्थिक रूपमा पिछडिएको दलित जनजाति महिला बालबालिकाहरूलाई सिपमूलक तालिम समेत मञ्चले प्रदान गर्ने उहाँको भनाई छ ।

पहिलो नगर सभा बाट विजय बहादुर विश्वकर्माको अध्यक्षतामा २० सदस्यीय नगर समिति चयन गरिएको छ । जसको उपाध्यक्षमा निमा वड, कोषाध्यक्षमा लक्ष्मी ओखेडा, सचिवमा प्रकाश बिक र सह-सचिवमा अमिर गहतराज चयन गरिएको संस्थाले जनाएको छ । मञ्चको नगर सभाको सदस्यमा नेहा विश्वकर्मा, शर्मिला बि.क, ममता कोली, मनिष पार्की, स्यानु पार्की, मनोज बिक, निर्मला गहतराज , प्रतीक्षा घिमेर, कलसा लुहार, तुलाराम बिक, अर्जुन कोली, देवकी सार्की, शेरबहादुर सार्की, कुसुम वड, रीतिका वड र प्रिया परियारलाई सदस्य चयन गरिएको संस्थापक अध्यक्ष सुनारले बताउनुभयो ।

यस्तै, सोही कार्यक्रम सम्बोधन गर्दै धनगढी उप-महानगरपालिकाका मेयर नृपबहादुर वडले फेरि पनि नगरप्रमुख मेयर को पदका लागि पार्टीले टिकट दिने कुरा पक्का भइसकेको बताउनुभएको छ । नेपाल दलित मानव अधिकार एकता मञ्च नेपालको नगर सभा तथा स्वागत कार्यक्रममा उहाँले नगर प्रमुखको पदका लागि नेपाली काँग्रेसले आफूलाई टिकट दिने कुरामा पक्का भइसकेको बताउनुभयो ।

मेयर वडले देशका ७५३ स्थानीय तहमध्ये धनगढी उप-महानगरपालिका उत्कृष्ट बनाउन सफल भएको दाबी गर्नुभएको छ । भने नेपालको सबैभन्दा उत्कृष्ट मेयरभित्र आफू परेको उहाँको भनाइरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार