धनगढीमा चैत्र २३ गते देखि १५ वर्ष मुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइँदै

५७ हजार सात सय ८२ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य

टाइफाइड विरुद्धको खोप

धनगढी : कैलालीको धनगढी उप-महानगरपालिका भित्रका बालबालिकाहरूलाई चैत्र २३ गते देखि टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । उप-महानगरपालिकाको स्वास्थ्य शाखाले मङ्गलवार टाइफाइड विरुद्धको खोप अभियानलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रमको आयोजना गर्दै १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइन लागेको उप-महानगरका जनस्वास्थ्य निरिक्षक योगेश अवस्थीले जानकारी दिनुभयो ।

उप-महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बोहराले उप-महानगरपालिकाका विद्यालयमा टाइफाइड विरुद्धको खोप अभियान चैत्र २३ गतेदेखि वैशाख २ ग तेसम्म सञ्चालन हुने जानकारी दिनुभयो ।

उप-महानगरपालिकाले करिब ५७ हजार सात सय ८२ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य राखेको छ । देशभर यो कार्यक्रम २५ गतेदेखि लागु हुने भएपनी धनगढीका अधिकांश विद्यालयले परीक्षाको मिति तोकिसकेकाले २३ गतेदेखि नै सञ्चालन गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख बोहराले जनाकारी दिनुभएको छ ।

उप-महानगरपालिका भित्र १३२ खोप केन्द्र र १४१ खोप सेसन सङ्ख्या रहने र ३३० महिला स्वास्थ्य संयमसेविका र ८६ स्वास्थ्यकर्मी परिचालन गरिने जनाएको छ । यो खोप लगाउँदा खोप लगाएको ठाउँ रातो हुने, चिलाउने, सामान्य ज्वरो आउने लगायतका समस्या देखिए पनि जटिल प्रकारको समस्या नआउने बोहराले बताउनुभयो ।

टाइफाइडलाई म्यादे ज्वरो ज्यानै जोखिममा पार्न सक्ने संक्रमक रोग हो । ढल वा सङ्क्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगका जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग सबै उमेर समूहको व्यक्तिहरूमा लागेको पाइएता पनि विशेष गरी १५ वर्ष मुनिका बालबालिकामा धेरै हुने गरेको पाइएको छ ।

उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेत लाग्ने लगायतका समस्या हुन्छ । कसै कसैलाई पेट दुख्ने, पखाला लाग्ने , वाकवाकी लाग्ने , भोक नलाग्ने, शरीरमा रातो बिमिरा आउने आदी लक्षण र चिन्ह पनि देखिन सक्छ । यो रोगको सङ्क्रमणबाट केही व्यक्तिहरूमा शरीरका विभिन्न भागमा सङ्क्रमण फैलने सानो आन्द्रामा घाउ हुने र प्वाल पर्ने र मस्तिष्क सम्बन्धी जटिलता समेत देखा पर्न सक्ने तिकित्सकहरु बताउँछन् ।

कैलालीमा साढे दुई लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप प्रदान गर्ने तयारी गरिएको छ । विद्यालयहरुमा अभियान सञ्चालन गरेर बालबालिकालाई टाइफाइडविरुद्धको खोप प्रदान गर्ने तयारी गरिएको हो । जिल्लामा केही पालिकाले भोलि (बुधबार) देखि खोप अभियान सञ्चालन गर्न लागेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । यसैगरी, केही पालिकाले चैत २५ गतेबाट सञ्चालन गर्ने तयारी गरेका छन् ।

बालबालिकालाई टाइफाइड रोगबाट जोगाउनका लागि यो दिन लागिएको हो । १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताए ।

कैलालीमा पालिकाहरुले उपलब्ध गराएको तथ्याङ्क अनुसार टाइफाइडविरुद्धको खोप लगाउन पाइने उमेर समूहका बालबालिकाको सङ्ख्या दुई लाख ४९ हजार रहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । यो उमेर समूहका सबैलाई खोप लगाउनले लक्ष्य राखिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार