कैलालीमा एसपी राठौरको ईन्ट्री, आजै पदभार ग्रहण !

प्रहरी कर्मचारीहरूलाई व्यावसायिक निर्देशन

प्रहरी कर्मचारीहरूलाई व्यावसायिक निर्देशन

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीमा प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले पदभार ग्रहण गरेका छन् ।

प्रहरी प्रधान कार्यालय मानव श्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको गत चैत्र २९ गतेको पत्रादेशले प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौबाट जिल्ला प्रहरी कार्यालय कैलालीको कार्यालय प्रमुखको जिम्मेवारी दिइ पाठाईएका राठौरले सोमबार कैलालीको प्रहरी प्रमुखको रूपमा पदभार ग्रहण गरेका हुन् ।

प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको यहाँ कार्यरत प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता वेद प्रकाश जोशी लगायत उपस्थित सी.प्र.अ, जु.प्र.अ. तथा अन्य प्रहरी कर्मचारीहरूले स्वागत गरेका छन् । भने राठौरले कार्यालयको निरीक्षण गरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यावसायिक निर्देशन समेत दिएका छन् ।

एसपी राठौर

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार