बैतडीको पुर्चौडीमा एमालेबाट मेयरमा कुँवर र उप-मेयरमा साउँदको उम्मेदवारी

बैतडीको पुर्चौडीमा एमालेबाट मेयरमा कुँवर र उप-मेयरमा साउँद

बैतडी : बैतडीको पुर्चौडी नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमालेले नगर प्रमुख र उप-प्रमुख पदका उम्मेदवारको टुङ्गो लगाएको छ ।

सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा एस र माओवादी केन्द्रले मित्रवत् प्रतिस्पर्धा गर्ने भनेको नगरपालिकामा एमालेको तर्फबाट नगर प्रमुख (मेयर)मा कर्ण बहादुर कुँवर र उप-प्रमुख (उप-मेयर) मा जानकी साउँदलाई उम्मेदवार बनाउने निर्णय भएको एमाले ले जनाएको छ ।

सर्व सहमतिबाट नगर प्रमुख र उप-प्रमुखको उम्मेदवार टुङ्गो लगाएको नेकपा एमाले नेतृ एवम् पुर्चौडी नगरपालिकाकी वर्तमान उप-मेयर जानकी ऐरबमले जानकारी दिइन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि कुँवर र साउँद प्रमुख र उप-प्रमुख पदका उम्मेदवार हुन् । भने पुर्चौडीमा माओवादी केन्द्रले प्रमुख र उप-प्रमुख जितेको थियो । यद्धपी नेकपा विभाजित भएपछि माओवादी केन्द्रबाट निर्वाचित उप-प्रमुख बम एमालेमै रहेकी थिइन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार