सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख पुरुषोत्तम कँडेल सहित ९ जना डीआईजीको सरुवा

सुदूरपश्चिम, आचार्य आउने

पुरुषेत्तम कंडेल -DIG

धनगढी : सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी पुरुषोत्तम कँडेलको सरुवा गरिएको छ। गृह मन्त्रालयले ९ जना डीआईजीको सरुवा तथा पदस्थापन गर्दै ४ प्रदेशका प्रदेश प्रहरी प्रमुखहरु फेरेको हो।

मन्त्रालयले सुदूपश्चिममा मोहनकुमार आचार्यलाई पठाएको छ भने डीआईजी पुरुषोत्तम कँडेललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पठाएको छ। सरुवा सूची अनुसार सुदूपश्चिमसहित, लुम्बिनी, मधेश र बागमती प्रदेशका प्रहरी प्रमुख फेरिएका छन्।

मन्त्रालयले बागमतीमा डीआईजी पूजा सिंह, लुम्बिनीमा नलप्रसाद उपाध्याय र मधेशमा मसाउद आलम खाँलाई पठाएको छ। राजेन्द्रप्रसाद चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको छ। प्रदेश २ का उमेश रञ्जितकार, बागमतीका प्रकाशजंग कार्की र लुम्बिनीका मुकुन्द आचार्य प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार