कैलालीमा कञ्चनपुरका एक युवकको मृत्यु

डुबेर मृत्यु

धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ मा रहेको मछेली खोलामा डुबेर कञ्चनपुरका एक युवकको मृत्यु भएको छ।

कञ्चनपुरको भिमदत्त नगरपालिकाका अन्दाजी २२ वर्षीय विजय भट्टको मछेली खोलामा डुबेर मृत्यु भएको हो।

घुम्नका लागी आएका भट्टको खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। भट्टको शव पोष्टमार्टमका लागी महाकाली अस्पताल महेन्द्रनगर पठाइएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार