कैलालीको मुक्त कमैया शिविरको आगलागीमा , ७१ घर र लत्ताकपडा, खाद्यान्न, चौपाया जलेर नष्ट

कैलालीको मुक्त कमैया शिविरको आगलागीमा , ७१ घर र लत्ताकपडा, खाद्यान्न, चौपाया जलेर नष्ट

धनगढी : कैलालीको कैलारी गाउँपालिक ७ को रामपुरमा आइतबार आगलागी हुँदा ७१ घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।

आइतबार दिउँसो गहुँको नल बाल्न सल्काइएको आगो बस्तीमा पस्दा रामपुरस्थित विपतपुर मुक्त कमैया शिविरमा भएको आगलागीबाट ७१ कच्ची घर जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

सो घटनाबारे जानकारी पाउनासाथ प्रदेशबाट ७५ थान टेन्ट लागी सो स्थान तर्फ जिल्ला प्रशासन कैलालीको टोली गएको सुरचना अधिकारी शिबराज जोशीले जानकारी दिए ।

प्रहरीका अनुसार आइतबार दिउँसो साढे १ बजेदेखि सुरु भएको आगलागी साँझ साढे ४ बजे मात्रै नियन्त्रणमा आएको थियो । एक्कासी भएको आगलागीले स्थानीयवासीको लत्ताकपडा, खाद्यान्न, चौपाया जलेर नष्ट भएका छन् ।

खाद्यान्न, शरीरमा भएको लत्ता कपडाबाहेक सबै सम्पत्ति जलेर नष्ट भएपछि स्थानीयको बिचल्ली भएको छ । तर, मानवीय क्षति भने हुन जपाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । जिल्लाको निकै दुर्गममा रहेको सो बस्तीमा तत्कालै अग्नि नियन्त्रक स्रोतसाधन पुग्न नसक्दा ठूलो क्षति भएको स्थानीयवासीले बताएका छन् ।

आगलागी भएको निकै समयपछि मात्रै टीकापुर, धनगढी, घोडाघोडी नगरपालिकाबाट गएको दमकल र कैलारी गाउँपालिकाको एक्स्काभेटर सहायता तथा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको लामो प्रयासले आगो नियन्त्रणमा आएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार