धनगढी उप-महानगरको मेयरमा एमालेका चन्द र उपमेयरमा रानाथारुद्धारा उम्मेदवारी दर्ता

धनगढी उप-महानगरको मेयरमा एमालेका चन्द र उपमेयरमा रानाथारुद्धारा उम्मेदवारी दर्ता

धनगढी : धनगढी उप-महानगरपालिकामा नेकपा एमालेबाट मेयरमा रण बहादुर चन्द र उपमेयरमा कन्दकला राना थारुले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढी पुगेर उनीहरुले मेयर र उपमेयरमा मनोनयन दर्ता गराएका हुन् ।

चन्द एमाले केन्द्रीय निर्वाचन विभागका सदस्य तथा कैलाली जिल्ला कमिटिका पूर्व उपाध्यक्षसमेत हुन्। यस्तै रानाथारु एमाले कैलालीकी नेतृ हुन्। यस्तै आइतबार स्वतन्त्रबाट गोपाल हमाल र लोसपाबाट वसन्तबहादुर विश्वकर्माले मेयर पदमा उम्मेदवारी दर्ता गरिसकेका छन् ।

अन्य दल पनि उम्मेदवारी दर्ताको तयारीमा छन् । आज साँझ ५ बजेभित्र उम्मेदवारी दर्ता गरिसक्न निर्वाचन आयोगले समयसिमा तोकेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार