सुदूरका ८८ पालिकाकालागी ३८४६ जनप्रतिनिधि छान्न ११ हजार बढीको उम्मेदवारी, कुन प्रदेशमा कति ?

सुदूरका ८८ पालिकाकालागी ३८४६ जनप्रतिनिधि छान्न ११ हजार बढीको उम्मेदवारी, कुन प्रदेशमा कति ?

धनगढी : सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनका लागि ११ हजार बढीले उम्मेदवारी दर्ता गरेका छन्। निर्वाचन आयोगले मंगलबार विहान साढे ७ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेशका ९ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ७९ निर्वाचन अधिकृतको कार्यालयमा ११ हजार बढीले उम्मेदवारी दर्ता गरेका हुन्।

नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य पदमा ११ हजार ९८ जनाले उम्मेदवारी दर्ता गरेको विवरण आयोगको प्रणालीमा प्रविष्ट भएको छ। प्रदेशमा नगरपालिका र उप-महानगरपालिकाको मेयरका लागि २०३, उपमेयरका लागि १६०, गाउँपालिकाको अध्यक्षका लागि २२९ र उपाध्यक्षका लागि १८१ जनाको उम्मेदवारी परेको छ।

यस्तै वडा अध्यक्षका लागि २ हजार २९७, महिला सदस्यका लागि १ हजार ९२९, दलित महिला सदस्यका लागि १ हजार ७८४ र सदस्यका लागि ४ हजार १५ जनाको उम्मेदवारी गरेको छ। सोमबार साँझ ५ बजेभित्र निर्वाचन अधिकृतको कार्यालय प्रवेश गरेका उम्मेदवारको मनोनयद दर्ता भने आज विहानसम्म पनि जारी रहेको थियो।

सोअनुसार यो तथ्यांक अझै बढ्न सक्ने निर्वाचन आयोगले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तह प्रमुख, ८८ उपप्रमुख, ७३४ वडा अध्यक्ष र २ हजार ९३६ वडा सदस्य गरी कुल ३ हजार ८४६ जना जनप्रतिनिधि निर्वाचित हुने छन्। स्थानीय तह निर्वाचन वैशाख ३० गते हुँदैछ।

  • हेर्नुहोस् कुन प्रदेशमा कति ?

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार