माओवादी पार्टी होइन, सेन्टर हो : ओली

माओवादी पार्टी होइन, सेन्टर हो : ओली

काठमाडौं :  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र पार्टी नै नभएको बताएका छन् । मंगलबार सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसमा बोल्दै ओलीले माओवादी पार्टी नभइ एउटा सेन्टर मात्रै भएको बताए।

उनले माओवादी पार्टीसँग कुनै एजेण्डा नभएको आरोप लगाए। ‘सेन्टर त धेरै छन् । त्यसले चुनावी घोषणापत्र नै निकालेको छैन । कांग्रेसले निकालेको छ, भैगो नि भन्ने भान छ माओवादीलाई ,’उनले भने,’  माओवादी केन्द्रले के गर्छ, के गर्दैछ भन्नै सक्दैन । एजेण्डै छैन ।’

ओलीले नेकपा एकीकृत समाजवादीलाई चोइटोवादीको संज्ञा समेत दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार