‘माछो, माछो भ्यागुतो’ भनेझैँ बैतडीको सुर्नयामा उपाध्यक्षकी उम्मेदवार बनेकी स्वेताको टिकट खोसियो

'माछो, माछो भ्यागुतो' भनेझैँ बैतडीको सुर्नयामा उपाध्यक्षकी उम्मेदवार बनेकी स्वेताको टिकट खोसियो

बैतडी । ‘माछो, माछो भ्यागुतो’ भनेझैँ बैतडीको सुर्नया गाउँपालिकामा उपाध्यक्षकी उम्मेदवार बनेकी स्वेता भट्टको टिकट खोसिएको छ ।

यसअघि नेकपा माओवादी केन्द्रबाट स्वेतालाई उपाध्यक्षको टिकट दिइएको थियो। तर, मनोनयनको दिन भने उनलाई हटाएर दिलाराम भट्टलाई अघि सारिएको छ।

माओवादी सुर्नयाले स्वेताको ठाउँमा दिलारामलाई उठाइएको जनाएको छ । सुर्नयामा माओवादी र नेकपा एकीकृत समाजवादीले तालमेल गरेका छन्। जसअनुसार अध्यक्ष समाजवादी र उपाध्यक्ष माओवादीको भागमा परेको थियो।

दिलाराम माओवदी केन्द्रका नेता तथा वडा नं. ३ का निवर्तमान वडाध्यक्ष समेत हुन्। उनले आजै मनोनयन दर्ता समेत गरिसकेका छन्। यस्तै समाजवादीबाट अध्यक्षका उम्मेदवार नरेन्द्र विष्टले पनि मनोनयन दर्ता गरेका छन्।

यद्धपी, भट्टले टीकट खोसीएको नभइ प्राबिधिक कारणआफैले छोडेको बताएकी छन् । उनले लेखेकी छन्, ‘खोसीएको होइन प्राबिधिक कारण म आफैले छोडेको कानुनी रूपमा उम्मेद्बारी दिन मिल्ने नहुदा कानुन साझा हुन्छ , हामी कानुन पालनकर्ता हौ , गर्नु पर्छ अब सम्पुर्ण उमेदवार कमरेडलाई बिजय कोशुभकामना ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार