चुनाव चिह्न आँप लगेर जनतामाझ जाँदै धनगढी उप-महानगरका स्वतन्त्र उम्मेदवार हमाल

मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमाल

चुनाव चिह्न आँप लगेर जनतामाझ जाँदै धनगढी उप-महानगरका स्वतन्त्र उम्मेदवार हमाल

धनगढी : निर्वाचन आयोगले धनगढी उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई चुनाव चिह्न आँप प्रदान गरेको छ । शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले उनलाई चुनाव चिह्न आँप प्रदान गरेको हो ।

स्वतन्त्र उम्मेदवार गोपाल हमालले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयर पदमा उम्मेदवारी दर्ता गराए थिए । ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने अभियानको मेयर पदमा उम्मेदवारी दिएका उनले नगरवासीले जिताउनेमा विश्वस्त रहेको बताएका थिए ।

यस्तै आज आयोगले पालिका चुनावका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिलाई आज चुनाव चिह्न प्रदान गर्दैछ । आयोगकाअनुसार देशभरबाट एक लाख ५३ हजार २ सय २० जना उम्मेदवार छन् । ३५ हजार २२१ पदका लागि आउँदो ३० गते मतदान हुँदैछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार