गठबन्धनको बलियो विकल्प भनेकै नेकपा एमाले हो : राना

विकास र गठबन्धनको बलियो विकल्प भनेकै नेकपा एमाले हो : राना

धनगढी : आसन्न स्थानीय तहको चुनावि प्रचारप्रसारमा नेकपा (एमाले) प्रतीको जनलहरले गठबन्धनको होस उडाएको नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली जिल्ला ईन्चार्ज नारदमुनी रानाले बताएका छन । मंगलबार धनगढी ७ देवरियामा आयोजित वाड स्तरीय भेलालाई सम्बोधन गर्दै रानाले यस्तो बताएका हुन ।

‘हाम्रो गौरवशाली पार्टीप्रती उत्साहजनक जनताको जनलहरले गठबन्धनको होस उडाएको छ’, उनले भने, ‘रुख उखलेर जाखौर तालमा डुबायो अनि कलमको मसि सुकायो ।’

त्यस्तै रानाले अब विकास र गठबन्धनको बलियो विकल्प भनेकै नेकपा एमाले भएको दाबी समेत गरेका छन । वडा नं ७ मा देखिएको जनताको जनलहरले एमालेको जितलाई झनै सुनिश्चित गरेको रानाले बताए ।

यो उत्साह बैशाख ३० गतेसम्म कायम राखी नेकपा एमालेका नगर देखि वडासम्म सम्पुर्ण उम्मेदवारलाई भारी मतले विजयी गराउन रानाले आग्रह समेत गरेका छन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार