अनुशासन उल्लंघन गरेको भन्दै नेपाली कांग्रेस कञ्चनपुरद्धारा १२ जना कार्यकर्तालाई कारबाही

नेपाली काँग्रेस कञ्चनपुर

कञ्चनपुर : नेपाली काँग्रेस कञ्चनपुरले पार्टीविरुद्ध गतिविधि सञ्चालन गरेर अनुशासन उल्लंघन गरेको भन्दै १२ नेतालाई कारबाही गरेको छ। उनीहरुलाई  साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो।

पार्टीबाट निष्कासित हुनेमा सहसचिव पुस्कल चौधरी (बेलौरी), श्रवण राना (पुनर्वास), लक्ष्मी मल्ल (भीमदत्त), शिवलाल राना (कृष्णपुर), उपेन्द्र मल्ल (कृष्णपुर), पानबहादुर ओड (पुनर्वास), पुष्पकमल पण्डित (बेलडाँडी) रहेका छन्।

यस्तै दोधारा(चाँदनी नगरपालिकाका चम्पा थापा, पार्वती थापामगर र मानसिंह साउद, भीमदत्त नगरपालिकाका कैलाश चन्द र रामचन्द्र बोहोरालाई पनि कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरेको छ।

उनीहरुलाई पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ४ (१३) बमोजिम कारबाही गरिएको अनुशासन समिति संयोजक नाफुसिंह साउदले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार