प्रधानमन्त्री पत्नी आरजूविरुद्ध निर्वाचन आयोगमा उजुरी

काँग्रेस नेतृ आरजु देउवा

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी कांग्रेस नेतृ आरजु राणा देउवाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। हरिश प्रसाद अवस्थी नामगरेका मतदाताले निर्वाचन आयोगमा राणाविरुद्ध उजुरी दिएका हुन् ।

उनले आरजूले स्थानीय तह निर्वाचन कांग्रेसको मेयर भएको ठाउँमा मात्र पैसा पठाउने भनि दिएको अभिव्यक्तिले मतदाता र करदाताको गम्भीर अपमान भएको उजुरीमा उल्लेख गरिएको छ।

‘जनताको करबाट श्रृजित राज्यको साधनस्रोत राणाले आफ्नो ईच्छाअनुसार परिचालन गर्न पाँईदैन, राज्यको साधनश्रोत परिचालन गर्ने व्यवस्था संविधान र कानुन अनुसार हुने हो। निश्चित दलको मेयर भएको ठाउँमा मात्र राज्यको स्रोत उपलब्ध गराउने कुरा अन्यायपूर्ण हुन्छ’ उजुरीमा भनिएको छ।

नेतृ राणाले दिएको अभिव्यक्तिले मतदातालाई अनुचित प्रभाव पार्न खोजेको अवस्थीको आरोप छ । ‘उक्त अभिव्यक्ति निवाचन आचारसंहिता विपरित छ र यसले मतदाता र करदाताको गम्भीर अपमान गरेको हुनाले उनलाई सो बिषयमा स्पष्टीकरण सोधि कानुन अनुसार कारवाहि गरियोस्’ उजुरीमा माग गरिएको छ। -नेपाललाईभबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार