आरजुलाई ओलीको जवाफ : एमालेले पाँच जनालाई मलेसिया पठाउने होइन पाँचौं लाखलाई रोजगारी दिन्छ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले स्वदेशमै रोजगारी सिर्जना गर्ने बताएका छन्।

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले स्वदेशमै रोजगारी सिर्जना गर्ने बताएका छन्।

एमालेले विराटनगर महानगरपालिकामा शनिबार आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै ओलीले एमालेले पाँच जनालाई मलेसिया पठाउने होइन पाँचौं लाखलाई रोजगारी दिने बताएका हुन्।

कांग्रेस नेतृ आरजु राणा देउवाले कांग्रेसलाई भोट हाल्नेलाई फ्रि भिसामा मलेसिया पठाउने भनेर दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै ओलीले एमालेले रोजगारीको अवसर मुलुकमै सिर्जना गर्ने बताए। ‘हामी ४–५ जनालाई मलेसिया पठाउँदैनौं। लाखौंलाई मुलुकमै रोजगारीको अवसर सिर्जना गर्न चाहन्छौं,’ ओलीले भने, ‘एमालेले सरकारको नेतृत्व गर्‍यो भने युवाहरुले बाहिर जानु पर्दैन। मुलुक युवाहरुलाई विदेश पठाउने कारखाना हैन।’

एमालेले पाँच जनालाई मलेसिया पठाउने आश्वासन नदिने र पाँचौं लाखलाई मुलुकमै रोजगारी दिने उनको भनाइ छ।

शेरबहादुर देउवाले कांग्रेसलाई कमजोर बनाएको ओलीले आरोप लगाए। ‘उहाँ (देउवा) सडेको ढोडको लौरो टेकेर हिँड्नु भएको छ। त्यस्ताले के चढ्छन् सगरमाथा ? मुलुकलाई विकास गरेर सगरमाथाजत्तिकै उचाईमा पुर्याउनु छ,’ उनले भने, ‘गठबन्धनको त के कुरा गर्नु ? एमालेसँग डराएर एक्लाएक्लै चुनाव लड्ने हिम्मत पनि छैन। उल्टै एमालेलाई देख्दैनौं भनेर भन्छन्। त्यहाँभित्र एमालेसँग कसैले आँट गर्न सक्छ ? भनेर चर्चा हुन्छ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार