बैतडीको डिलाशैनीमा स्वतन्त्र र पुरचौंडीमा एमालेको शक्ति प्रदर्शन, कसले मार्ला बाजी ?

बैतडीको डिलाशैनीमा स्वतन्त्र र पुरचौंडीमा एमालेको शक्ति प्रदर्शन, कसले मार्ला बाजी ?

बैतडी : मौन अवधीको पुर्वसन्ध्यामा बैतडीको पुरचौंडी र डिलाशैनीमा दुई ठूला चुनावी सभाहरुको आयोजना गरिएको छ । पुरचौंडीमा एमाले र डिलाशैनीमा स्वतन्त्र उम्मेदवारले चुनावी सभा गरेका हुन् ।

पुरचौंडीको भटनामा वडा नं. ३ र ४ को संयुक्त सभा गरिएको एमालेबाट नगर प्रमुखका उम्मेदवार कर्णबहादुर कुवँरले बताए । वडा नं. ४ भटनाका स्थानीय नेता तथा नेकपा (एस) का जिल्ला सचिव हर्क धानुकले एमाले पार्टी प्रवेश गरेको दोस्रो दिन उक्त सभाको आयोजना गरिएको हो ।

उक्त सभाबाट नगर प्रमुखका उम्मेदवार कुवँर, नेता धानुक, एमाले नेतृ जानकी ऐर बम लगायतले सम्बोधन गर्दै मतदातासँग भोट मागे। समोबार माओबादीले पनि पुरचौंडीमा विशाल चुनावी सभा राख्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निम्त्याउने योजना बनाएको थियो तर, प्रचण्ड नआएपछि स्थानीय नेताहरुले सम्बोधन गर्दै मतदातासँग भोट मागेको दोस्रो दिन एमालेले भटनामा त्यस्तै किसिमको सभा गरेको हो। यता डिलाशैनीको थामीगाउँमा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशीले विशाल चुनावी सभामार्फत सम्बोधन गरेका छन् ।

डिलाशैनीमा चर्चा बटुलेका उनले अघिल्लो दिन सोमबार डिलाशैनीको वडा नं. ३ सिमारमा यस्तै कार्यक्रमको आयोजना गरेका थिए । एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका जोशीले एमाले गढ मानिएको सिमारको सभामा स्थानीयहरुको उत्साहजनक उपस्थीति थियो ।

आइतवार एमालेले पनि यही क्षेत्रमा शक्ति प्रर्दशन गरेको थियो। मौन अवधी सुरु हुनुभन्दा केही घण्टा अघि मात्र स्वतन्त्र उम्मेदवार जोशीको आफ्नो मत पकेट क्षेत्र धार्मीगाउँमा लगारतार दोस्रो विशाल चुनावी सभाको आयोजना गरेका हुन् ।

उक्त सभा मार्फत जोशीले डिलाशैनीमा स्वतन्त्र टिमले शानदार जीत निकाल्ने दाबी गरेका छन् । सुदूरपश्चिम क्षेत्रका आधा दर्जन गायक तथा कलाकारहरुको टोली साथमा लिएर लगातार दुई दिन चुनावी सभाको आयोजना गरेका जोशी व्यापक जनमतका साथ एकातिर छन भने अर्कातिर एमाले र सत्तारुढ गठबन्धन चुनावी प्रतिश्पर्धामा छन् ।

उनको टोलीमा देउडा गायिका दिपा रोकाया, नवराज कलौनी, भानुभक्त जोशी, भावना चन्द, दिपेन्द्र ओली, जेआरभट्ट लगायतका कलाकार छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार