कैलालीबाट बाजुराका लागि हिनेको बस डोटीमा दुर्घटना हुँदा ३० जना घाइते

कैलालीबाट बाजुराका लागि हिनेको बस डोटीमा दुर्घटना हुँदा ३० जना घाइते

कैलाली : कैलालीबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ। कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस बिहीबार डोटीको पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा दुर्घटना हुँदा ३० जना घाइते भएका छन्।

सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस दुर्घटना भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा बसमा सवार ३० जना घाइते भएका छन्। उनीहरुमध्ये सामान्य घाइते भएकाहरुको स्थानीय क्लिनिकमा र अन्यलाई जिल्ला अस्पताल डोटी लगिँदै गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख डीएसपी शारदा प्रसाद चौधरीका अनुसार दुर्घटनामा घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर छ । ‘६ जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइसकिएको छ ।

अरुलाई पनि ल्याइँदै छ,’ डीएसपी चौधरीले भने, ‘पहाडी जिल्लामा ठूला गाडी नचल्ने भएकाले सना गाडीहरुमा ओसारिरहेका छौं ।उनका अनुसार अहिलेसम्म कसैको पनि मृत्यु भएको जानकारी छैन । घाइतेहरूको उद्धारको काम भइरहेको छ। घटनाबारे विस्तृत विवरण आउन भने बाँकी छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार