कैलालीको गोदावरी नगरपालिकामा ६६ प्रतिशत मत खस्यो

मतदान

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका मा  झण्डै ६६ प्रतिशत मत खसेको छ । शुक्रबार सम्पन्न स्थानीय तह को निर्बाचन मा ३६ हजार ६ सय २२ मत ९ ६६५० खसेको छ । जसमा १६ हजार ६ सय ४३ पुरुष ले र १९ हजार ९ सय ७९ ले मतदान गरेका छन् ।

गोदावरी मा ५५ हजार ४ सय ९२ मतदाता रहेका थिए। सबै ठाउँ बाट मतपेटिका मतगणना स्थल गेटा मा ल्याउने कार्य जारी रहेको छ । यसै बिच नगरपालिका का १२ वटै वडा मा शान्तिपुर्ण रूपमा मतदान भएको गोदावरी निर्बाचन अधिकृत को कार्यालय ले जनाएको छ ।

बिहान सबै मतदान केन्द्र मा भिड लागेको भएपनी दिउँसो बाट भने सामान्य रूपमा नै मतदान भएको हो । ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी रबिन्द्र पाण्डे ले शान्तीपुर्ण रूपमा नै मतदान सप्पन्न भएको बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार