सत्तारुढ गठबन्धन दल माओवादी केन्द्रले कैलालीमा वडामा दुई सिट जित्यो

सत्तारुढ गठबन्धन दल माओवादी केन्द्रले कैलालीमा वडामा दुई सिट जित्यो

धनगढी : सत्तारुढ गठबन्धन दल नेकपा (माओवादी केन्द्र) ले कैलालीमा वडा अध्यक्षमा दुई सिट जितेको छ ।

सो पार्टीले बर्दगोरिया गाउँपालिका–६ र टीकापुर नगरपालिका–९ मा वडा अध्यक्षमा जित हासिल गरेको हो । बर्दगोरिया–६ मा माओवादी केन्द्रका रामकृष्ण डङ्गौरा थारु वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

यसैगरी, टीकापुर–९ मा सो पार्टीले प्यानलसहित वडा अध्यक्षमा जित हासिल गरेको छ । सत्तारुढ गठबन्धन दल नेकपा (एकीकृत समाजवादी) ले भने यो जिल्लाको वडामा अझै खाता खोल्न सकेको छैन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार