त्रिभुवन विश्वविद्यालयले हप्ताको ६ दिन नै नियमित पठनपाठन र अन्य सेवाहरु संचालन गर्ने

त्रिभुवन विश्वविद्यालय

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले हप्ताको ६ दिन नै नियमित पठनपाठन र अन्य सेवाहरु संचालन गर्ने भएको छ।

नेपाल सरकारले परीक्षणका रूपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन (प्रत्येक शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। त्यही सन्दर्भमा विश्वविद्यालयले आज एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि साबिकबमोजिम नै आइतबारसमेत विश्वविद्यालयका सेवाहरु संचालनमा रहने जनाएको हो।

त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाद्वारा जारी सूचनामा कोभिडको असरका कारणले शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाका तालिकाहरु पहिले नै निर्धारण भइसकेको तथा विश्वविद्यालयको पाठ्यक्रमको संरचनासमेत छ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा नियमितरूपमा संचालन गर्न आवश्यक भएकाले उल्लेख छ। साथै, विद्यार्थीहरुको पठनपाठन र विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवालगायत अन्य सेवाहरुलाई छ दिन नै संचालन गर्ने बताइएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार