७५३ स्थानीय तहको मतगणना भइरहँदा अहिलेसम्म मात्र ९५ पालिकाको छिनोफानो

नेपाली कांग्रेसको अग्रता

नेपालका विभिन्न पार्टीहरुका चुनाव चिन्ह

काठमाडौँ : गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । ७५३ तहको निर्वाचन र त्यसपछिको मतगणना भइरहँदा अहिलेसम्म मात्र ९५ पालिकाको छिनोफानो भएको छ ।

मतपरिणामअनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ । सोमबार बिहान ८ बजेसम्म एमालेले अग्रता लिएकामा त्यसपछि लगातार नेपाली कांग्रेसले जित हासिल गरेसँगै कांग्रेस अगाडि लागेको हो ।

अहिलेसम्म कांग्रेसले ३७ पालिका प्रमुख जितिसकेको छ । एमालेले ३४ पालिका  प्रमुख जितेको छ । २०७४ को निर्वाचनपछिको पहिलो शक्ति बनेको एमाले दोस्रो शक्तिमा झरेको छ ।

नेकपा माओवादी केन्द्र तेस्रो शक्तिमा स्पष्ट अगाडि देखिएको छ । माओवादीले २२ प्रमुख जित्दा नेकपा एकीकृत समाजवादीले २ प्रमुख जितेको छ । अन्य दलले भने अझैसम्म प्रमुखमा खाता खोल्न सकेका छैनन् ।

नेपाली कांग्रेसले सबैभन्दा धेरै २५६ पालिका प्रमुखमा अग्रता लिन सफल भएको छ । एमालेले १५५ पालिकामा अग्रता लिँदा माओवादी केन्द्रले ९९, नेकपा एसले १६, जनता समाजवादी पार्टी जसपाले २९, लोकतान्त्रिक समाजवादी पार्टीले १२ तथा अन्यतर्फ २६ ले अग्रता लिएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार