नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिमका २ पालिकामा जित्यो नेतृत्व

बझाङको केदारस्युँ गाउँपालिकामा समाजवादीका गणेश बोहरा अध्यक्षमा विजयी

नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिमका २ पालिकामा जित्यो नेतृत्व

धनगढी : सुदूरपश्चिम प्रदेश सभामा ठुलो पार्टी रहेको नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तहमा भने दुई पालिकामा सीमित भएको छ। ९ जिल्लाका ७६ पालिकाको अीनतम मतपरिणाम सार्वजनिक हुँदा एकीकृत समाजवादीले दुई पालिका मात्रै जितेको हो। समाजवादीले कैलालीको घोडाघोडी नगरपालिकाबाट खाता खोलेको थियो।

नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका खडकबहादुर रावतले एमालेका ममताप्रसाद चौधरीलाई हराएका हुन्। रावतले १३ हजार १२८ मत ल्याए भने चौधरीले ८२४१ मत पाए। २०७४ को चुनावमा मेयर जितेका चौधरी यसपटक पराजित भएका हुन्।

उपमेयरमा कांग्रेसकी गुलियाकुमारी चौधरी विजयी भएकी छन्। उनले एमालेकी करूणादेवी बटालालाई हराएकी हुन्। चौधरीले १२ हार २७० मत पाएर विजयी हु्ँदा बटलाले ६ हजार ९६३ मत पाइन्।

यस्तै बझाङको केदारस्युँ गाउँपालिकामा पनि एकीकृत समाजवादी विजयी भएको छ। समाजवादीका गणेश बोहरा अध्यक्षमा विजयी भएका हुन्। उनले ४ हजार ३२१ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका लोकेन्द्र भण्डारीले २ हजार ४०८ मत ल्याए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार