कैलालीमा दर्जनौँ नेता कार्यकर्ताहरू नेकपा (बहुमत) मा समाहित

कैलालीमा दर्जनौँ नेता कार्यकर्ताहरू नेकपा (बहुमत) मा समाहित

कैलाली : कैलालीमा विभिन्न पार्टी परित्याग गरी दर्जनौँ नेता कार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मा समाहित भएका छन् । चुनावको उपयोगबारे भएको विवाद सँगै विप्लव नेतृत्वको नेकपा विभाजन भएको थियो । विप्लव संसदीय व्यवस्थामा फर्किएको भन्दै नेता धर्मेन्द्र बास्तोलाको नेतृत्वमा नेकपा (बहुमत) पुनर्गठन गरिएको थियो ।

बहुमतले देश भर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । स्थानीय तह निर्वाचनलाई उपयोग गर्नु संसदीय भाषामै जानु भएको भन्दै बहुमत चुनाव उपयोगको विपक्षमा उभिएको थियो ।

चुनाव उपयोगको नतिजा सोचे जस्तो नआएपछि विप्लव नेकपाले नयाँ कार्यनीति बनाउने बारे छलफल सुरु गरेकै बेला नेता कार्यकर्ताहरू बहुमत तिर ढल्किन थालेका छन् । चुनावमा सहभागीहरू भएका अधिकांश उम्मेदवारको धरौटी समेत बचेन ।

यसै बिच शुक्रवार कैलालीमा एक कार्यक्रमबिच विप्लव नेकपा सहित विभिन्न पार्टी परित्याग गरी दर्जनौँ नेताहरू नेकपा बहुमतमा प्रवेश गरेका छन् । उनीहरूले अबको क्रान्तिकारी शक्ति भनेकै बास्तोला नेतृत्वको नेकपा भएकोले आफूहरू समाहित भएको बताएका छन् ।

विभिन्न पार्टी परित्याग गरी दर्जनौँ नेता कार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टी  (बहुमत)  मा समाहित भएका छन् । चुनावको उपयोगबारे भएको विवादसँगै विप्लव नेतृत्वको नेकपा विभाजन भएको थियो ।

विप्लव संसदीय व्यवस्थामा फर्किएको भन्दै नेता धर्मेन्द्र बास्तोलाको नेतृत्वमा नेकपा  (बहुमत)  पुनर्गठन गरिएको थियो ।बहुमतले देशभर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

विभिन्न पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी(बहुमत)मा पार्टी प्रवेश गर्नेहरूको नामावली:

घोडाघोडी वडा नं.३
१) ललित भण्डारी :- नेपाली काँग्रेस
२) देशराज चौधरी :- नेपाली काँग्रेस
३) दिनेश चौधरी :- नेपाली काँग्रेस
४) जमुना चौधरी :- नेपाली काँग्रेस
५) प्रदिप चौधरी :- नेपाली काँग्रेस
६) अमृत चौधरी :- नेपाली काँग्रेस
७) सुरज चौधरी :- माओवादी केन्द्र
८) हिमेश चौधरी :- माओवादी केन्द्र
९) विपिन चौधरी : – माओवादी केन्द्र
१०) अंकित चौधरी :- माओवादी केन्द्र
११) रविना चौधरी :- माओवादी केन्द्र
१२) अजय चौधरी :- माओवादी केन्द्र
१३) सुरेश चौधरी :- माओवादी केन्द्र
१४) विवश चौधरी :- माओवादी केन्द्र
१५) कुमारी थारू :- रा.प्र.पा.
१६) सरिता थारू :- रा.प्र.पा
१७) सृजना चौधरी :- नेकपा एमाले
१८) शोभा चौधरी :- नेकपा एमाले
१९) सर्मिला रानाथारू :- नेकपा एमाले
२०) प्रेम वि.क. :- नेकपा
२१) विजय चौधरी :- नेकपा
२२) प्रविन चौधरी :- नेकपा
२३) आशाराम चौधरी :- नेकपा
२४) हरि चौधरी :- नेकपा
२५) रामभजन चौधरी:- नेकपा
२६) खुम्बु चौधरी :- जनमोर्चाबाट लगायत ….।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार