धनगढीमा गोपाल हमालको जित निश्चित, उपमेयरमा रानाको रोचक पुनरागमन

धनगढीमा गोपाल हमालको जित निश्चित, उपमेयरमा रोचक प्रतिस्पर्धा

धनगढीः सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित निश्चित देखिएको छ। गन्न बाँकी मतभन्दा मतान्तर बढी भएपछि हमालको जित निश्चित देखिएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले साझ ७ः१५ बजे सार्वजनिक गरेको मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले ११ हजार ९७० मतको अग्रता लिएका छन्। ६३ हजार ७१५ मत खसेको धनगढीमा ५७ हजार ४१८ मत गन्दा हमालले २५ हजार २१ मत पाएका छन्। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले १३ हजार ५१ मतसहित हमाललाई पछ्याइरहेका छन्।

यस्तै नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ७ हजार ५६१ मत ल्याएर तेस्रो स्थानमा छन्। यस्तै उपमेयरमा एमालेकी कन्दकला राना र माओवादी केन्द्रकी शान्ति अधिकारीबीच कडा टक्कर भइरहेको छ।

रानाले १२ हजार ९३६ र अधिकारीले ११ हजार ७०४ मत पाएकी छिन्। उनीहरुबीच एक हजार १ हजार २३२ मतको अन्तर छ। यस्तै स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ३७७ मत पाएका छन्।

१९ वटा वडा रहेको धनगढीमा हालसम्म १, २, ३, ४, ५, ६, ७, ८, १३, १४, १५, १६, १७, १८ र १९ वडाको मतगणना सकिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार