कञ्चनपुरको पुनर्वास नगरपालिकाको प्रमुख र उपप्रमुखमा काँग्रेस विजयी

कञ्चनपुरको पुनर्वासमा नेपाली काँग्रेस विजयी

कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।  नेपाली काँग्रेसका तोय प्रसाद शर्मा र भुलिया कुमारी रानाले भारी मतान्तरले प्रमुख र उपप्रमुखमा विजयी भएका हुन् ।

प्रतिस्पर्धीलाई भारी मतान्तरले हराउँदै प्रमुख र उपप्रमुख काँग्रेसले जितेको हो । नेपाली काँग्रेसबाट नगर प्रमुख पदका उम्मेदवार तोया प्रसाद शर्माले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पदम बहादुर पुजारालाई ५,३३२ मतको फराकिलो मतान्तरले हराउँदै विजयी भएका छन् ।

तोया प्रसाद शर्माले १०,००६ मत प्राप्त गरेका छन् भने एमालेका पदम पुजाराले ४,६७४ मत ल्याएका थिए । त्यसैगरी नेकपा एकीकृत समाजवादीका उम्मेदवार जीवन राज थापाले ३,७३४ मत पाएका थिए ।उप प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार भुलिया कुमारी रानाले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रबाट उम्मेदवार रहेका धोखे रानालाई पराजित गर्दै नेपाली काँग्रेसकी भुलिया कुमारी राना विजयी भएकी छिन ।

भुलियाले ७,३४५ मत प्राप्त गरिन भने धोखेले ५,४९२ मत मात्र प्राप्त गरेका छन् । त्यसैगरी एमालेका सुशीला खत्रीले ५,४०३ मत प्राप्त गरेकी छिन ।पुनर्वास नगरपालिकामा ३४,०३६ मतदाता रहेकोमा २३,६०५ मत खसेको थियो भने ६२२ मत बदर भएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार